पाँच पटक प्रधानमन्त्री भएकाले डडेल्धुरा बनाउन सकेनन् देश कसरी बनाउछन भनेर जनताका वीचमा जानुस : महासचिव शंकर पोख्रेल
धनगढी / नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले कसैले एमाले कमजोर बनाउने सोचेको भए त्यो सम्भव नभएको बताएका छन् । एमालेलाई घेरावन्दीमा पारेर गरिएको स्थानीय तहको चुनावले एमाले कमजोर नभएको पुष्टी गरेको उनले भनाइ छ ।
एमालेको कैलाली जिल्ला कमिटीले बुधबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताए । उनले भने सत्तारुढ पाँच दलिय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रतिशत मत ल्याएको बताए ।
महासचिव पोखरेलले एमालेले गठवन्धनका कारण ८९ सीटमा हारे पनि जनताको मत जित्न सकेको बताए । उनले माधव, झलनाथ र वामदेव नुहँदा पनि एमालेको जीतमा फरक नपरेको चर्चा गरे ।
महासचिव पोख्रेलले नेकपा (एकीकृत समाजवादी) पार्टीकारुपमा चल्न नसक्ने पनि बताए । उनले उदाहरण दिदै भने, ०५६ सालमा वामदेवको माले पार्टीले छ प्रतिशत मत ल्याउदा पनि पार्टी चलाउन सकेन यसपटक माधव नेपालको पार्टी चार प्रतिशत मत मात्रै पाएकोले झन कसरी पार्टी चल्न सक्छ भन्ने प्रश्न गरे । समाजवादीमा नेता मात्रै रहेको कार्यकर्ता र जनता नरहेको स्थानीय चुनावको परिणामले देखाएको तर्क महासचिव पोख्रेलको छ ।
एमाले र अध्यक्ष केपी ओलीले जातिय राज्य जस्ता माओवादीका अतिबाद रोकेर माओवादीलाई ठिक ठाउँमा ल्यायो उनले चर्चा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्धेश्यले ०७४ मा चुनावी गठवन्धन र पछि पार्टी एकता पनि गरियो तर प्रचण्डहरु पार्टी चलाउने तरिकाले नेकपामा बसेनन् उनीहरुले मोर्चा जस्तो बनाउन खोजे र पार्टी विभाजन भयो ।
उनले अहिले पनि कम्युनिष्ट एकताको अनुहार एमाले भित्र रहेको चर्चा गर्दे त्यस्तो अवस्था माओवादी र एकीकृत समाजवादीमा नभएको बताए । काँग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महशुस गरे मात्र माओवादी र समाजवादीसित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । संसद विगठन नेकपा भित्रैको संघर्षको कारण भएको पनि त्यसमा अध्यक्ष ओलीलाई मात्रै दोष मिल्दैन उनले भने ।
महासचिव पोखरेलले झापा आन्दोलन विभिन्न समूहलाई मिलाएर एमाले बन्यो लोकतान्त्रिक संस्कार छ तर प्रचण्ड मोहनविक्रम, निर्मल लामा मोहन बैध, विप्लव, बादलजस्ता नेतासंग पटकपटक विभाजित भए, त्यसैले पनि कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसंग मात्रै रहेको संकेत गरे ।
एमाले कार्यक्रर्तालाई निर्देशन दिदै उनले भने पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमाले जित्छ, जनता एमालेसंग रिसाएका छैनन् जनतालाई गठवन्धन सरकार र ती पार्टीहरुका बारे बुझाउन जरुरी छ ।
महासचिव पोखरेलले सरकारका गलत कुराको बिरोध गर्दे जनताका वीचमा गएपछि, स्थानीय नेताहरुको खटपट हटाउन सकेपछि, केन्द्रका नेतालाई जिल्लामा, प्रदेशकालाई पालिकामा, जिल्लाकालाई वडामा, वडाकालाई टोलमा र टोलकालाई घरमा खटाउन एमाले जित्न सजिलो हुने बताए ।
एमालेको नेतृत्वमा सरकार रहँदा, प्रचण्ड, माधवले एक व्यक्ती एक पद भने, पार्टी विभाजनको अध्यादेशको विरोध गरे, एमसिसी बारे सुन्नै चाहेनन आज ती विषय कहाँ छन् कसरी आफूले उठाएको मान्यता पालना गरेका छन् यी कुरा जनता, माओवादी र समाजवादीमा रहेकालाई बुझाउन जरुरी छ महासचिव पोख्रेले कार्यकर्तालाई निर्देशन दिदै भने काँग्रेससित नीति, योजना, कार्यक्रम केही छैन, पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको जिल्ला (डडेल्धुरा) को अवस्था के छ, जिल्ला बनाउन नसक्ने देउवाले देश बनाउन सक्छन् यी कुरा लिएर जनताका वीचमा जानुपर्छ ।
एमाले जहिले सरकारमा गयो केही न केही गरेर आएको छ । तर अहिलेको सरकार जति दिन रहन्छ त्यति नै देश आर्थिक संकटमा पर्छ ती कुरा पनि जनतालाई बुझाउन आवश्यक छ महासचिव पोख्रेलको बताए ।
उनले चुनाव जिते मात्र समाज परिवर्तन गर्न सकिने बताउदै एमालेले नजिते समाज अझै पछाडि पर्ने भएकोले एमाले जिताउनका लागि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य नारदमुनी राना र प्रदेश सचिव धर्मराज पाठकले आफ्ना धारणा राखेका थिए । जिल्ला सचिव डेजी पाण्डेयले सञ्चालन गरेको कार्यक्रममा उपसचिव ममताप्रसाद चौधरीले स्वागत भाषण गरेका थिए ।