१६ चैत्र २०८०, शुक्रबार

उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीको असहमतिमा आगामी आर्थिक वर्षको बजेट पास



धनगढी । धनगढी उपमहानगरपालिकाकी उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीको असहमतिमा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा उपप्रमुख कन्दकला राना सहित एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले असहमति जनाउँदा पनि नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पास भएको घोषणा गरेका हुन ।

उपप्रमुख रानाले आफु योजना तर्जुमा संयोजक भएपनि जानकारी नभएको भन्दै बजेटमाथिको छलफल लम्ब्याउन उनले अडान राखेकी थिइन । नगर प्रमुख हमालले बजेट पास भएको घोषणा गरेपछि पनि उनले यो निर्णयमा आफनो कुनै सहमति नभएको प्रतिक्रिया दिइन ।

उपप्रमुख रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया विपरित आएको भनेपछि दुईबिच चर्काचर्की भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार