१४ बैशाख २०८१, शुक्रबार

धनगढी उपमहानगरको सभामा कुर्ची हानाहान



  • धनगढी उपमहानगरको बजेट पुस्तिकामा एमाले र माओवाीको विरोध काँग्रेस पक्ष समर्थनमा


धनगढी / धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपमेयर रानाले गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताव ) प्रकाशित गरेको बताइन ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेका थिए । भने काँग्रेस पक्षले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।

विवाद भएपछि फेसवूकबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ ।

https://fb.watch/e2rI0gygLE/
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार