१५ बैशाख २०८१, शनिबार

पञ्चदेवल नगर प्रमुख प्रहरी नियन्त्रणमा



विनोद शाही मृत फेला घटना

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरपालिका वडा नम्बर ४ बस्ने किशोर विनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धान गर्न शनिबार नगर प्रमुख चलाउनेसहित थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शाही मृत घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले यसअघि पाँच जनालाई नियन्त्रणमा लिएको थियो । शनिबार नगर प्रमुख चलाउने र नेत्र शाहीलाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले नगर प्रमुख चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार