८ बैशाख २०८१, शनिबार

प्रदेश प्रमुखद्धारा पत्रकारलाई दही चिउरा खुवाइयो




धनगढी / सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले राष्ट्रिय धान दिवसका अवसरमा बुधबार धनगढीका पत्रकारहरुलाई दही चिउरा खुवाएका छन् ।

सो अवसरमा धान दिवसको शुभकामना दिदै उहाँले असार १५ मा राम्रो मेहनत गरे कात्तिक/मङ्सिरमा फल पाउने बताउदै कृषि पेशाबाट मुलुकलाई अगाडि बढाउनु पर्ने बताए ।

उनले प्रदेश प्रमुखले गर्नुपर्ने कामका बारेमा पनि सुझाव, सल्लाह दिन पत्रकारलाई आग्रह गरे ।

उनले भने सुदूरपश्चिमको विकासका लागि हामी सबैले आफ्नो ठाउँबाट लाग्नु पर्ने आशय व्यक्त गरेका थिए । मैले कार्यकारी अधिकार भएका मुख्यमन्त्रीसित पनि विकास निर्माणका र जनताका सवालबारे छलफल गरिरहेको छु ।

प्रदेश प्रमुख जोशीले जनतालाई राज्यका विभिन्न तहका विभिन्न पदाधिकारीका काम बारे पनि जानकारी दिनु पर्ने आवश्यक्ता औल्याए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार