१३ बैशाख २०८१, बिहीबार

बैतडीमा वडाध्यक्षसहित दुई जना पक्राउ, बलात्कार आरोप



डडेल्धुरा । बैतडीमा बलात्कारको आरोपका वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ ।

उनीहरु माथि जबरजस्तीकरणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए । अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार