११ बैशाख २०८१, मंगलवार

आफू हारे पनि कांग्रेस जितेकोमा माओवादी र समाजवादी रमाए : भट्टराई




मंगलसेन/ नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जननेता मदन भण्डारीले बोकेको विचार अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

उनको विचारले अन्य पार्टी पनि प्रभावित भएका छन् त्यसैले उनको नीति र विचारलाई अहिले सबैले अंगाल्न थालेको नेता भट्टराईको दावी छ ।

मदन भण्डारीका विचार जहिले पनि देश र जनताको पक्षमा रहेकोले अहिले मुलुक त्यही बाटोमा अघि बढीरहेको उनले दावी गरे ।

राष्ट्रिय स्वास्थयकर्मी महासंघ नेपाल जिल्ला समिति अछामको आयोजनामा जननेता मदन भण्डारीको ७१ औ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान समयमा जबजको सान्र्दभिकता विषयक मंगलबार मंगलसेनमा भएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सचिव भट्टराईले अहिलेको सत्ता गठबन्धनको कुनै उद्धेश्य नरहेको आरोप बताए ।

सत्तामा पुग्ने र मन्त्री हुने बाहेक गठबन्धनको कुनै पनि उद्धेश्य नरहेको उनको भनाई छ । नेपाली काग्रेससंगै गठबन्धन गरेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली काँग्रेसले जितेकोमा खुसीयालाी मनाई रहेको आरोप उनले लगाए ।

चुनावमा आफ्नो नराम्रो हार भएपछि समाजवादी पार्टी नेपाली काँग्रेसको जितमा रमाएर खुसीयाली मनाई रहेको उनले बताए । वर्तमान गठबन्धन टुटाउने ताकत पनि एमालेसंग रहेको सचिव भट्टराईको भनाई छ ।

सदरमुकाम मंगलसेनमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य यज्ञबहादुर बोगटी, स्वास्थयकर्मी महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. झलक गौतम लगायतले बोलेका थिए ।

बहुमत ल्याउने दावी
यसअघि आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले मंसिरमा हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरे ।
स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमतका साथ जित्ने दावी नेता भट्टरार्ईले गरेका थिए ।

एमालेप्रतिको नागरिकको विश्वास र एमालेका सकारात्मक कामका कारण जनताले एमालेलाई सरकार चलाउनका लागि बहुमत दिनेछन् उनले भने ।

यो सरकारले देशलाई श्रीलंका जस्तो टाँट पल्टाउने अवस्थामा पुर्याएको भन्दै गठबन्धनका नाममा सरकारमा टाँसिएको बताए ।
सचिव भट्टरार्ईले सत्तासिन दलहरुको जनताका लागि गठबन्धन नभएर आफ्नो सत्ता जोगाउन र एमालेका विरुद्धको गठबन्धन भएको दावी पनि गरे ।

गठबन्धन टुटाएर आएमा आफूहरु कम्युनिष्ट एकतामा तयार रहेको उनको भनाइ छ । ‘गठबन्धनमा टाँसी रहने अनि एकतामा नाममा एमालेसँग बार्गेनिङ हुँदैन । गठबन्धन छाड्नुस् त्यसपछि छलफल गरौं ।’ भट्टराईले भने ।

पत्रकारले सोधेको प्रश्नमा सचिव भट्टराईले मदन भण्डारीको सुनियोजित हत्यामा संलग्नको केही अनुसन्धान भएको र सबै तथ्य आएपछि बाहिर ल्याउने बताए । स्वर्गीय मदन भण्डारीले छोटो समयमा प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्त उत्कृष्ट भएको भन्दै वाक तथा अभिव्यक्ति स्वतन्त्राको सुनिश्चित गरेको उनको भनाइ छ ।

पूर्वमन्त्री भट्टराईले अछाम अस्पतालको अवस्था अवलोकनसँगै मंगलसेन नगरपालिकाका जनप्रतिनिधिलाई सुझाव समेत दिएका थिए ।

उनले सोमबार बयालपाटा अस्पतालको समेत अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार