२३ बैशाख २०८१, आईतवार

रासस अध्यक्षमा झा नियुक्त



धनगढी/ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले उनलाई आगामी चार वर्षका लागि रासस अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारले झालाई अध्यक्षमा नियुक्त गरेको हो ।

विभिन्न राष्ट्रिय सञ्चार माध्यममा काम गरिसकेका झा पत्रकारिता क्षेत्रका स्थापित प्रशिक्षक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार