५ जेष्ठ २०८१, शनिबार

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते फेरि चुनाव हुँदै



बैशाख ३० गते बुढीगंगा नगरपालिकामा भएको स्थानीय चुनावको फाइल फोटो

धनगढी/ जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलिय बैठकमा बुढीगंगा नगरपालिकामा असार २३ गते फेरि स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको पहलमा बैठक बसेको थियो । वैशाख ३० गतेको चुनावमा काँग्रेसले वडा नम्बर ४ र ७ एमाले २, ३, ५ र ९ मा धाँदली गरेको आरोप लागे पनि १० वटै वडामा फेरि चुनाव हुने भएको छ ।

बुढीगंगामा एमालेले वैशाख ३० गतेको मत गणना गर्नु पर्ने र काँग्रेसले फेरि चुनाव गर्नुपर्ने माग राखेका थिए । निर्वाचन आयोग नेपालले पनि फेरि चुनाव गर्ने निर्णय गरेको थियो । आयोगको छानविन टोलीले भने स्थलगत अध्ययन गरेर प्रक्रियागतरुपमा चुनाव भएकोले वैशाख ३० गतेकै मतको गणना गर्नु पर्ने सिफारिस गरेको थियो ।

बुढीगंगामा मेयर पदमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र उपमेयरमा कांग्रेसकी रिता शाही शाह उम्मेदवार छन् । यस्तै नेकपा (एमाले) बाट रामबहादुर बानियाँ मेयर र उपप्रमुखमा मायाकुमारी खड्का उम्मेदवार छन् ।

लामो प्रयासपछि दलहरुवीच भएको सहमतिपछि फेरि चुनाव हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार