६ जेष्ठ २०८१, आईतवार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बारे के भन्छन् प्रदेश सभा सदस्यहरु



होटलको कोठामा बसेर बनाइएको बजेट
भरतबहादुर खड्का, नेपाली काँग्रेस
बजेट विगतकै निरन्तरतामा नै आयो । यो छरिएर आएको छ । रातो किताव आएपछि कस्ता योजनामा बजेट राखिएको छ भन्ने थाहा होला । यसले सुदूरपश्चिमका नागरिकलाई राम्रो सन्देश दिन सकेको छैन । अहिलेको बजेट होटलको कोठामा बसेर निर्माण भएको हो भन्ने लाग्छ । बजेट सन्तुलित आउनुपथ्र्याे, विकास, आर्थिक सुधारका लागि आउनुपर्ने थियो । तर, यो बजेटबाट कुनै ठुलो उपलब्धी हुनेवाला छैन । यो बजेट अनुत्पादक क्षेत्रमा बढी विनियोजन गरिएको छ । भवनमा खर्च गर्ने ठुलो कुरा हो कि आयातलाई प्रतिस्थापन गरि निर्यातलाई बढी जोड दिन उत्पादकत्व बढाउनमा ध्यान दिनुपर्ने थियो । यो बजेट उत्पादनमुखी पनि भएन ।

समग्रमा ठिकै छ
दुर्गा कामी नेकपा (एकीकृत समाजवादी)

यो बजेट समग्रमा ठिकै छ । अन्तिम बजेट भएर पनि होला । जनप्रतिनिधीहरूका सल्लाह सुझावहरू समेटिएका देखिन्छ । प्रदेशको स्रोत साधनले सबै कुरा सम्पन्न गर्न सक्ने देखिन । सिमित स्रोत साधनमा असिमित आवश्यकता पुरा गर्न समग्र रुपमा ठिक छ । योजनामा कस्तो आएको छ । रातो किताव आएपछि प्रतिक्रिया, सन्तुष्टि, असन्तुष्टि, समानुपातिक वितरण प्रणाली, सन्तुलन मिलाएको मिलाएन भेग क्षेत्र त्यो पछि थाहा हुन्छ ।

खुद्रे बजेट
मालामती राना– जसपा

यो बजेट खुद्रे बनेको छ । सरकारले सिकलसेल एनमियाका लागि बजेट छुट्याउन सकेन । खुद्रे बजेट भएकोले कार्यान्वयनमा प्रश्न उठ्छ नै । घोडाघोडी ताल क्षेत्रको संरक्षण संवद्र्धन गर्न सरकारको ध्यान पुग्न सकेन । लालझाँडीमा मात्र रानाको संस्कृति संरक्षणका लागि समेटियो । अन्य क्षेत्र पनि रानाथारु छन्, तिनिहरूको संस्कृति, परम्परा संरक्षण र प्रवद्र्धन गर्नका लागि कुनै ठोस कार्यक्रम ल्याउन सकेन । ३६ अर्ब बढीको यो बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास छैन ।

वितरणमुखी र टुक्रे बजेट
रतनबहादुर थापा नेकपा (एमाले
)
यो बजेट परम्परागत ढंगले आएको छ । यसमा ठोस केही छैन । यो घाटा बजेट हो । वितरणमुखी र टुक्रे योजनाहरू राखिएका छन्। प्रदेश गौरवका आयोजनामा ठोस रकम विनियोजन गरिएको छैन । योजनाका नाम धेरै दिएर बजेट विनियोजन गरेको छ । प्रदेशका जनताले अपेक्षा गरेकोभन्दा विपरित आएको छ । बजेटमा प्रगति हुनुपर्नेमा उधोगतिमा गएको मैले महसुस गरेको छु ।

जनतालाई उत्साहित बनाउन सकेन
कृष्णप्रसाद चौधरी– लोसपा

प्रदेश सरकारको यो बजेट पाँचौ हो । यो अन्तिम बजेट भएकाले नौलो र सुदूरपश्चिमबासीलाई उत्साह दिने खालको भएन । यो चुनाव केन्द्रित बजेट हो । यो कार्यान्वयन पक्षमा एकदम कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार