१० श्रावण २०८१, बिहीबार

कैलाली जिससमा सत्तारुढ गठवन्धन विजयी



समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

सदस्य विजयी हुनेमा नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी १५, लोकेन्द्रबहादुर ताडी १४, र बिर्खबहादुर बुढा १४ मत पाएर विजयी भए ।

यस्तै सदस्यमै माओवादीबाट दिलु कामी १४ र भावना चौधरी १३ मत पाएर विजयी भए । कांग्रेसबाट तेजबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भए । चन्द र भूल दुवै जना गोलाप्रथाबाट विजयी भएका हुन ।


धनगढी / जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका गोपाल हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

भ्रष्टाचारको मुद्धाका कारण मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन निर्देृशन दिएको थियो ।
सदस्यहरुमा पनि गठवन्धनकै छ जना निर्वाचित भएका छन् । एक सदस्यमा भने गोला प्रथाबाट नागरिक उन्मुक्तीका उम्मेदवार विजयी भए ।

सदस्य विजयी हुनेमा नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी १५, लोकेन्द्रबहादुर ताडी १४, र बिर्खबहादुर बुढा १४ मत पाएर विजयी भए । समाजवादीका बुढा काँग्रेसको चुनाव चिन्हबाट विजयी भएका हुन । उनी वडामा पनि रुखबाटै निर्वाचित भएका थिए ।

यस्तै सदस्यमै माओवादीबाट दिलु कामी १४ र भावना चौधरी १३ मत पाएर विजयी भए । कांग्रेसबाट तेजबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भए । चन्द र भूल दुवै जना गोलाप्रथाबाट विजयी भएका हुन ।

खुल्लातर्फ एमालेका मानबहादुर साउद र चन्दको समान १२ मत आएको थियो । यस्तै नागरिक उन्मुक्ति पार्टीकी भुल र माओवादीकी पार्वती विकको समान १२ मत आए पनि गोलाप्रथामा सरिता विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार