१० श्रावण २०८१, बिहीबार

कैलाली उद्योग वाणिज्य संघमा कुँवर प्यानल सहित फेरि विजयी



धनगढी / शुक्रबार भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबाट पुष्पराज कुँवर प्यानल सहित अध्यक्ष पदमा फेरि विजयी भएका छन् । उनले ६७८ मत पाएका छन् ।

उनका प्रतिद्धन्द्धी सुरेन्द्र राठीले ३५५ मत पाएका छन् ।  संघको चुनावमा एक हजार ९५ मत मात्र खसेको थियो।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ४१९ मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ६२१, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले ३६३, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ५१६, प्रकाशचन्द्र भट्टले ४५८, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ५४६, केशवदत्त पाण्डेयले ४०४ मत पाएका छन् ।

महासचिवमा भने कडा प्रतिस्पर्धाबाट बहालवाला महासचिव ओमबहादुर विष्ट विजयी भएका छन् । उनले ५१४ र उनका प्रतिद्धन्द्धी सिद्धराज पनेरुले ४८१ मत पाएका छन् । पनेरु गोपाल हमालको स्वतन्त्र समूहबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा समेत उम्मेदवार बनेका थिए । तर उनी वडामा पनि पराजीत भएका थिए ।

कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ६८०, रंजनकुमार शर्माले ३०३, र सचिवमा सुरेश पाण्डेयले ३९९, महेन्द्रकुमार सिंहले ३४९ र जयराज न्यौपानेले २१२ मत पाएका छन् ।

यस्तै, सदस्यहरुमा तिलकबहादुर बोहरा (६४०), कविन्द्र पन्त (५८२), रवि कुँवर (५७१), अम्बिका भण्डारी (५७०), कोपिला कुँवर(५६९), लोकराज भट्ट(५६८), प्रकाशकुमार चन्द (५५२) रुपेश खड्का (५३८) र श्याम जोशी (५१५) मत पाएर निर्वाचित भएका छन् ।

यस्तै, राधिकाकुमारी चौधरी (४८७), शम्भु लामिछाने (४६७) , सुरेन्द्रबहादुर कठायत (४४३), कृष्णाकुमारी बिष्ट (४४१), बासुदेव भट्ट(४४२), मिलन कुँवर (४६७), सुरेन्द्रकुमार बोहरा (४३५) र रिता जोशी (४१८) पनि सदस्यमा निर्वाचित भएका छन् । ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार