८ बैशाख २०८१, शनिबार

कैलाली उद्योग वाणिज्य संघमा कुँवरको प्यानलै अगाडि (हेर्नुस मत सहित )



पुप्पराज कुँवर

धनगढी / कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणनामा पुप्पराज कुँवरको प्यानलै अगाडि छ । अहिलेसम्म ७०० मतको गणना हुँदा अध्यक्ष पदमा कुँवरले ४१५ मत पाएका छन् ।

कुँवरका प्रतिस्पर्धी सुरेन्द्र राठीले २४६ मत पाएका छन् । संघको चुनावमा एक हजार ९५ मत मात्र खसेको थियो।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ३८० मत पाएका छन् भने उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले २७८ मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ३९४, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले २३३, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ३४०, प्रकाशचन्द्र भट्टले २८१, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ३३८, केशवदत्त पाण्डेयले २७३ मत पाएका छन् ।

महासचिवमा ओमबहादुर विष्टले ३२२, सिद्धराज पनेरुले ३१६ मत पाएका छन् ।

कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ४३८, रंजनकुमार शर्माले १९५, र सचिवमा सुरेश पाण्डेयले २५५, महेन्द्रकुमार सिंहले २१६ र जयराज न्यौपानेले १३९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार