१० श्रावण २०८१, बिहीबार

पुरुष मात्र मन्त्री बनाएकोमा सांसद चौधरीको आपत्ति




धनगढी / नेकपा (एकीकृत समाजवादी) ले पुरुषलाई मात्र मन्त्रीका लागि सिफारिस गरेकोमा प्रतिनिधि सभा सदस्य लक्ष्मीकुमारी चौधरीले गम्भीर प्रश्न गर्दे आपत्ति जनाएकी छन् ।

म मन्त्रीको दौडमा थिएन उनले फेसवुकमा स्टाटस लेख्दै भनेकी छन् कामरेड पार्टीमा केन्द्रीय पदाधिकारी, विभाग , संसदीय समितिको नेतृत्व गरेका एक से एक महिला नेता हुनुहुन्छ ।

सोही पार्टीकी नेतृ चौधरीले भनेकी छन् मापन गर्ने हो भने संघर्षकै भट्टीमा खारिएका महिला हुनुहुन्छ । अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरुपनि पार्टी केन्द्रमा हुनुहुन्छ ।

प्रतिनिधि सभा सदस्य चौधरीले जिम्मेवारी पाएका बखत सशक्त भुमिका देखाएका महिला पनि पार्टीमा रहेको उल्लेख गर्दे पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्बिलो छ भनेकी छन् ।

तर मन्त्री छान्दा किन पुरुषमात्र ? न भूगोल मिलेको छ न समावेशिता यसैगरी समाजबाद आउने कसरी ? उनले आफ्नो लामो फेसवुक स्टाटसमा भनेकी छन् ।

पुनश्च म व्यक्तिगतरुपमा मन्त्रीको दौडमा थिइन, र छैन । तर सगर्व भन्छु मन्त्री बन्न योग्य महिला नेताको हाम्रो पार्र्टीमा कमी छैन तर पुरुषमैत्री रहेको मात्र देखियो है उनले आक्रोश पोख्दै भनेकी छन् ।

समाजवादीले अघिल्लो पटक सरकारमा पठाएका मन्त्रीको सूचीमा रामकुमारी झाँकी मात्र महिला थिइन । उनी पनि महिला मात्र भन्दा पनि लामो संघर्षबाट आएकी नेतृ थिइन ।

एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको सिफारिसमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार