१० श्रावण २०८१, बिहीबार

जिससका लागि आगामी ३० गते निर्वाचन हुदै



धनगढी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ ।

कैलालीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ पालिका भएको जिल्लामा २६ जनाले मतदाता गर्न पाउने छन् । एक जना स्वतन्त्ररुपमा विजयी भएका जनप्रतिनिधि हुन भने एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका नेपाली कांग्रेसका पालिका अध्यक्ष हुन् ।

यी दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ । जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि सत्ता गठबन्धनसँग १४ मत आवश्यक पर्नेमा १३ मत छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ । गठबन्धनविरुद्ध उम्मेदवारी दिएको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । जिल्लाका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५ मत मात्रै छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ । कांग्रेस र नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार