१० श्रावण २०८१, बिहीबार

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको छ ।

सोमबार आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेश सभामा छलफलका लागि पेश गरेको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको हो ।

बुधबार बसेको दशौ अधिवेशनको तेस्रो बैठकमा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, पूर्व आन्तरिक तथा कानुन मन्त्री पूर्णा जोशी, पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्का, सामाजिक विकास समिति सभापति कुन्ती जोशी, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य देवराज पाठक र अम्बि कुमारी थापा, नेकपा एमालेका प्रदेश सभा सदस्य नेपालु चौधरी, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश सभा सदस्य देवकी मल्ल र शान्ति नेपालीले भाग लिएका थिए ।

छलफलमा भाग लिदै प्रदेश सभा सदस्यहरूले विधेयकका सिद्धान्त र प्राथमिकता सन्तोषजनक रहेको भए पनि नीति तथा कार्यक्रम र बजेटमा यसमा भएका बुँदा समेटिनेमा आशंका व्यक्त गरेका थिए ।

सभाको अर्को बैठक आज (बिहिबार) अपरान्ह ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार