१० श्रावण २०८१, बिहीबार

मेडिकल कलेज सञ्चालनमा आलटाल गरे कडा आन्दोलन गर्ने एमाले कैलालीको चेतावनी




धनगढी / नेकपा (एमाले) जिल्ला कमिटी कैलालीले सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालन सम्वन्धी विषय छुटाएको भन्दै विरोध जनाएको छ ।

सो पार्टीका सचिव डेजी पाण्डेले शनिबार जारी गरेर विज्ञप्तीमा गेटा मेडिकलको विषयलाई गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विशेष गरेर यो सरकारले पेश गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजप्रतिको गिद्धेदृष्टीकोणले स्तव्ध तुल्याएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले त्यस्ता जनता विरोधी गतिबिधी तत्काल सच्याउन सरोकारवाला सबैलाई सचेत गराउन चाहन्छौ भनेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित गेटा मेडिकल कलेजको भौतिक कार्य लगभग पूरा भई सकेको अवस्थामा यसलाई अलपत्र पार्ने कामले सिङ्गो कैलाली र सुदुरपश्चिमेली जनतामाथिको यो सरकारको सबैभन्दा ठूलो धोका हो एमाले सचिव पाण्डेद्धारा विज्ञप्तीमा भनिएको छ ।

उनले यस्ता गलत सरकारी हर्कतलाई नेकपा (एमाले) टुलुटुलु हेरेर बसी रहन नसक्ने बताउदै जनताको मुद्धालाई लापर्वाही वा आलटाल गरे कडा आन्दोलन गर्न हाम्रो पार्टी वाध्य हुने बताएका छन् ।

सचिव पाण्डेले तुरुन्तै पूर्ण क्षमताको ६०० वेडको अस्पताल संचालनमा ल्याउनु पर्ने, गेटा मेडिकल कलेजकोे सञ्चालन सम्बन्धी आवश्यक कानुनहरु संसदको यसै अधिवेशनमा द्रुतमार्गमार्फत पास गर्नु पर्ने, सो कलेजलाई गेटा स्वास्थ्य विश्वविद्यालय बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारी गर्नु पर्ने र आर्थिक वर्ष २०७९/०८० को बजेटमा तीन अर्ब बजेट विनियोजन गरेर सो कलेज सञ्चालनमा ल्याउनु पर्ने माग राखेका छन् ।

उनले २०७४ सालमा नेकपा (एमाले) को नेतृत्वको सरकारले सो कलेज सञ्चालनका लागि विषेश प्राथमिकता दिएको संकेत पनि गरेका छन् ।

सो विज्ञप्तीमा नेपाली जनताको अभिमतलाई कुल्चदै परमादेश र वैदेशिक शक्ति केन्द्रको नाङ्गो हस्तक्षेपद्धारा निर्माण भएको देउवा सरकारको वर्तमान कार्यक्रम र नीतिले समाजका सम्पूर्ण क्षेत्रमा पारेको नकारात्मक प्रभाव पारेको उल्लेख पनि गरिएको छ ।

वर्तमान सरकारको नीतिका कारण प्रत्येक नेपाली जनताको चुलोमा, व्यक्तीको निजी जीवनमा परेको प्रष्ट अनुभुति र महसुस गर्न सकिने बताउदै एमाले सचिव पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ शिक्षा र स्वास्थ्य क्षेत्रमा बढदो व्यापारिकरण, वैदेशिक उपभोग्यबस्तुको आयातमा जोड, फितलो अन्तराष्ट्रिय कुटनीति,घटदो डलरको संचिती,बैंकमा देखिएको बचतको अभाव पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्यबस्तुहरुमा गरेको मूल्यबृद्धी बलत्कार, हत्याहिंसा जस्ता हजारौं सूचकहरुले यो सरकारको नालायकीपनको र असफलताको अर्को कुनै प्रमाण र दलिल पेस गरी रहनु पर्दैन होला ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार