१० श्रावण २०८१, बिहीबार

गेटा मेडिकल कलेज तत्काल सञ्चालन नभए क्षति हुन्छ : प्रतिनिधि सभा सदस्य चौधरी



  • म डडेलधुरामा बन्न थालेको मेडिकल कलेजको विरोध त गर्दिन तर गेटा मेडिकल कलेजलाई तुरुन्तै सञ्चालनमा ल्याउनुपर्छ
  • वर्षेनी दुई हजार डाक्टर उत्पादन हुन्छन, सरकारको समेत छात्रवृत्ति पाउछन् तर दुर्गम बाजुरा, वझाङमा जादैनन् ती कता हजार हराउछन


काठमाडौ / प्रतिनिधि सभाका कि सदस्य लक्ष्मीकुमारी चौधरीले गेटा मेडिकल कलेजलाई यथासिघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले ९० प्रतिशत भौतिक पूर्वाधार बनेको गेटा मेडिकल कलेज सञ्चालनमा नआए जनता सडकमा आउछन् त्यसबाट हुने क्षतिका लागि सरकार जिम्मेवार हुनुपर्ने बताइन ।

एउटा प्रदेशमा दुई मेडिकल कलेज हुनु राम्रो हो तर एउटा सञ्चालनमा ल्याइसकेपछि अर्को चाहिने महशुस भए मात्र थप अर्को मेडिकल कलेज खोल्नुपर्छ उनले भनिन म डडेलधुरामा बन्न थालेको मेडिकल कलेजको विरोध त गर्दिन तर गेटा मेडिकल कलेजलाई तुरुन्तै सञ्चालनमा ल्याउनुपर्छ ।

प्रतिनिधि सभा सदस्य चौधरीले पाठेघरको क्यान्सरको उपचार गर्ने खोप लाउने कुरा नीति तथा कार्यक्रममा आउनु राम्रो भएको बताइन । उनले मुटु, मिगौला मानसिक रोग लगायतमा सरकारले दिने सहयोग कम भएको पनि बताइन ।

उनले भनिन काठमाडौबाहिर धनगढी लगायतका सहरबाट विमारी सिधै रिफर गरिन्छ, सरकारीमा पालो पाउदैनन् त्यसैले निजीमा जानुपर्छ तर निजीको खर्च गरिव, किसानले धान्न नसक्ने खालको हुन्छ त्यसैले सरकारी अस्पताल सुविधा सम्पन्न बनाउनुपर्छ ।

नेपालमा वर्षेनी दुई हजार डाक्टर उत्पादन हुन्छन, सरकारको समेत छात्रवृत्ति पाउछन् तर दुर्गम बाजुरा, वझाङमा जादैनन् ती कता हजार हराउछन भन्ने प्रश्न पनि उनले उठाइन ।

प्राविधिक र व्यवसायिक शिक्षामा काम गर्ने सरकारको नीति ठिक छ एकीकृत समाजवादीकी नेतृ समेत रहेकी प्रतिनिधि सभा सदस्य चौधरीले सरकारको बचाउमा बोल्दै भनिन शिक्षक बढाउने कुरा पनि राम्रो छ ।

फरक प्रसंगमा बोल्दै उनले नागरिकता विद्येयक चाँडो पास हुनु पर्ने माग राखिन । उनले भनिन जनागरिकता नहुँदा धेरै मानिस पढ्न र रोगजारीमा जान पाइरहेका छैनन् ।

उनले कमिशनको चक्करले मल कारखाना नखुलेको त होइन भन्ने प्रश्न पनि गरिन । किसानका लागि मल कारखाना खोल्नु जरुरी भएको उनको ठहर थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार