१४ बैशाख २०८१, शुक्रबार

साँफेबगरको काँग्रेसका मेयर र एकीकृत समाजवादीका उपमेयर विजयी




धनगढी / अछामको साँफेबगर नगरपालिका मेयरमा नेपाली काँग्रेसका राजेन्द्र कुँवर विजयी भएका छन् । उपमेयरमा नेकपा (एकिकृत समाजवादी) का शिवबहादुर कुँवर (शिलोज) निर्वाचित भएका छन् ।

मेयर तथा उपमेयरमा विजयी दुवै जना काँग्रेस र एकिकृत समाजवादीका साझा उम्मेदवार हुन् । मेयरमा विजयी राजेन्द्रले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति कुँवरलाई दुई हजार बढी मतान्तरले पराजित गरे ।

राजेन्द्रले सात हजार २६५ र पशुपतिले पाँच हजार ३९ मत पाइन् । उपमेयरमा विजयी एकिकृत समाजवादीका शिवबहादुरले प्रतिद्वन्द्वी माओवादी केन्द्रका रङ्ग ठकुल्लालाई एक हजार एक सय मतान्तरले पराजित गरे । शिवबहादुरले छ हजार ४३४ मत प्राप्त गरे भने रङ्गले पाँच हजार ३१४ मत पाए ।

१४ वडा रहेको साँफेबगर नगरापालिका आठ वडा कांग्रेसले जितेको छ । एमालेले तीन, एकिकृत समाजवादीले एक वडा जित्दा दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

साँफेबगर नगरपालिकामा काँग्रेस र एकिकृत समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार