६ बैशाख २०८१, बिहीबार

काँग्रेस, एमाले र माओवादीलाई पछार्दे रेशमको पार्टी कैलालीको ठूलो दल बन्यो



धनगढी/ केही महिना अघि मात्र गठन भएको टीकापुरका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ती पार्टी कैलालीको ठूलो दल भएको छ ।

१३ वटा पालिका रहेको कैलालीमा पालिका प्रमुख जितेको हिसावमा सो पार्टी ठूलो दल बनेको हो ।

नागरिक उन्मुक्तीले चार पालिका जितेर आफूलाई कैलालीको ठूलो दल बनाएको हो । सो पार्टीले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका जितेको हो ।

नागरिक उन्मुक्ती पार्टीपछि नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ । काँग्रेसले गोदावरी नगरपािलका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका जितेको छ ।

०७४ को स्थानीय चुनावमा सात पालिका जितेको नेकपा (एमाले) दुई पालिका प्रमुखमा मात्रै जितेको छ ।

गत चुनावमा दुई पालिका मात्रै जितेको माओवादीले दुई पालिका फेरि जिते पनि आफ्नो आधार क्षेत्र भनेको कैलारी गाउँपालिका र भजनी नगरपालिका गुमाएको छ ।

नयाँ दल एकीकृत समाजवादीले भने एउटा मात्रै घोडाघोडी नगरपालिका जितेको छ । चुरे गाउँपालिका प्रमुख पनि पाएको समाजवादीले २३ मतले सो पालिका गुमाउनु परेको छ ।

मतदाता शिक्षाको कमीले आफ्नो दलले चुरेको प्रमुख र गोदावरी नगरपालिकाको उपप्रमुख र केही जित्नै पर्ने वडा गुमाएको एकीकृत समाजवादीका कैलाली उपसचिव दीघ जोशीले बताए ।

प्रमुख/उपप्रमुखको संख्या जोड्दा भने काँगेस नै ठूलो पार्टी बनेको छ । काँग्रेसका प्रमुख÷उपप्रमुखको संख्या आठ छ भने नागरिक उन्मुक्ती पाटी सात रहेको छ ।

यस्तै एमाले प्रमुख/ उपप्रमुखको संख्या पाँच छ भने नेकपा (माओवादी केन्द्र)को चार छ । यस्तै धनगढीमा स्वतन्त्रबाट जितेका गोपाल हमालको एक हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार