धनगढीको मेयरमा स्वतन्त्रका हमाल र उपमेयरमा एमालेका राना विजयी

धनगढी / धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्।
हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।
उपमेयरमा निर्वाचत रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत पाए।
यस्तै धनगढीका १९ वटा वडामध्ये काँग्रेसले ११ र एमालेले छ र माओवादी केन्द्रका दुई वडाअध्यक्ष विजयी भएका छन् । ०७४ सालको निर्वाचनमा काँग्रेसले १२ वडा जितेको थियो ।
यस्तै ०७४ मा माओवादीले पाँच एमालेले दुई वडामा मात्रै विजयी भएको थियो।