१४ बैशाख २०८१, शुक्रबार

कैलालीको जानकीमा पत्रकारिता गरेका चौधरी विजयी



टीकापुर/ जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी भएका छन् । चौधरी २४ वर्षदेखि पत्रकारिता थिए ।

चौधरी काँग्रेस- माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै जितेका हुन ।काँग्रेसका महत्तौले पाँच हजार २४२ मत पाए ।

यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भइन । कठरियाले छ हजार ५६२ मत पाउनुभएको निर्वाचन अधिकृत विश्वदीप बेस्राले जानकारी दिए ।

जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा, नेकपा एमालेले चार वडा जितेको छ । गठबन्धनमा दलहरु नेपाली काँग्रेसकाले छ वडा सदस्य मात्र जितेको छ ।

नवगठित नागरिक उन्मुक्ति जानकी गाउँपालिकाको जीत कैलालीमा चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीले जोशीपुर र जानकी गाउँपालिकाका गाउँसभामा पनि बहुमत पाएको छ । नयाँ पार्टीको उदयले कैलालीमा ठूला राजनीतिक दललाई धक्का दिएको छ ।

यसपटक नागरिक उन्मुक्ति पार्टी विजयी भएका पालिकाहरु यसअघि काँग्रेस, एमाले र माओवादी केन्द्रले जितेका थिए ।

२०७४ सालमा प्रमुख, उपप्रमुख दुवै पद माओवादी केन्द्रले जितेको भजनी नगरपालिका, अध्यक्ष उपाध्यक्षसहित सातै वडा नेपाली काँग्रेसले जितेको जोशीपुर गाउँपालिका, नगरप्रमुख एमालेले जितेको टीकापुर नगरपालिका र अध्यक्ष, उपाध्यक्ष तत्कालिन फोरमले जितेको जानकी गाउँपालिकामा यस वर्ष नागरिक उन्मुक्तिले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार