धनगढीका केही स्थानमा दुई दिन बिजुली नहुने

धनगढी / कैलालीको धनगढी उपमहानगरपालिकामा केही स्थानमा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत राजपुर, बेला र कैलारीको हसुलिया फिडरमा शनिवार र आइतबार विद्युत लाइन अवरुद्ध हुने भएको हो ।
बुस कटिङ गनुपर्ने भएकाले विहान १० बजेदेखि साँझ ५ बजेसम्म ११ केभी प्रसारण लाइन अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ ।