१० श्रावण २०८१, बिहीबार

कैलालीको भजनीमा पनि रेशमकै पार्टी विजयी




भजनी / कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले मेयर र उपमेयर जितेको छ ।

मेयरमा केवल चौधरीले आठ हजार ९६६ मत पाएर विजयी भए । उनका प्रतिद्धन्द्धी शेरबहादुर चौधरीले पाँच हजार १९८ मत पाए । शेरबहादुर निवर्तमान मेयर पनि हुन ।

उपप्रमुखमा राजु तिरुवा सात हजार ६२२ विजयी भइन । उनले काँग्रेसका गोकेन्द्र भण्डारीलाई पराजीत गरेकी हुन । भण्डारीले चार हजार ४९० मत पाएका थिए ।

भजनीमा काँग्रेस र माओवादी गठवन्धन भएको थियो ।

नागरिक उन्मुक्ती पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरमा अध्यक्ष र उपाध्यक्ष जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार