१६ चैत्र २०८०, शुक्रबार

झण्डै पाँच हजारको मतान्तरले कैलालीको घोडाघोडीको मेयर बने समाजवादीका रावत



यस्तै उपप्रमुखका नेपाली काँग्रेसकी गुलिया चौधरी विजयी भएकी छन् ।


धनगढी / कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खड्क रावत प्रतिद्धन्द्धी भन्दा चार हजार ८८७ बढी मत ल्याएर विजयी भएका छन् ।

विहीबार विहान १० : १५ बजे सार्वजनिक नतिजा अनुसार रावत प्रतिद्धन्द्धी भन्दा ४९४९ बढी मत ल्याएर विजयी भएका छन् ।

रावतले १३ हजार १२८ र प्रतिद्धन्द्धी एमालेका ममताप्रसाद चौधरीले आठ हजार २४९ मत पाएका छन् । चौधरी निर्वमान मेयर हुन ।

यस्तै उपप्रमुखका नेपाली काँग्रेसकी गुलिया चौधरी प्रतिद्धन्द्धी भन्दा पाँच हजार ३०७ बढी मत पाएर विजयी भएकी छन् । उनले १२ हजार २७० र एमालेकी करुणा वम वटालाले छ हजार ९६३ मत पाइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार