७ बैशाख २०८१, शुक्रबार

कैलालीको जोशीपुरमा काँग्रेसको किल्ला तोडेर रेशमको पाटी विजयी



धनगढी / कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले चा हजार ९०३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका बन्सराम बडायक थारुले तीन हजार ३६८ मत प्राप्त गरेका छन् । चौधरी र थारुको मतान्तर एक हजार ५ ३५ छ ।

गाउँपालिकाको उपाध्यक्षमा पनि उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया चार हजार ५ ८९ पाएर विजयी भइन । । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीले तीन हजा ९६१ मत प्राप्त गरेका छन् ।

जोशीपुरमा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार जितेका थिए ।

जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवार भीमबहादुर वमले तीन हजार १ ८९ र एमालेका उम्मेदवार केशरबहादुर डगौरा एक हजार २९६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार