१४ बैशाख २०८१, शुक्रबार

काँग्रेसको कारवाहीमा परेका रामसमझ बने कैलारीको अध्यक्ष



कैलारीमा कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ ।

धनगढी / कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राजसमझ चौधरी विजयी भएका छन् ।

उनले गठबन्धनका १० हजार ४९२ र माओवादीका लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरेका छन्। लाजुराम निवर्तमान अध्यक्ष हुन ।

उपाध्यक्षमा पनि कांग्रेसकै भागवतीकुमारी चौधरी विजयी भएकी छन्। उनले १० हजार ४ ८४ माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत पाइन ।

कैलारीमा कांग्रेसले वडा नम्बर १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ ।

कैलारी गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको थियो तर समयमैमा उम्मेदवारी फिर्ताको पत्र नपुग्दा काँग्रेका अध्यक्षको उम्मेदवारी कायम रहेको थियो ।

उम्मेदवारी कामय रहँदा अध्यक्षका उम्मेदवार रामसमझ र उपाध्यक्षका उम्मेदवार भगवतीले चुनावी मैदान छोडेनन् जसका कारण उनीहरु जितेका छन् । गठवन्धनले फिर्ता बोलाउदा पनि फिर्ता हुन नमानेपछि रामसमझलाई कार्वाही गरिएको थियो ।

गठवन्धनले अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसलाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार