७ बैशाख २०८१, शुक्रबार

घोडाघोडीमा एकीकृत समाजवादीका रावत पाँच हजार बढी मतले जित्दै घोषणा हुन बाँकी




धनगढी / कैलालीको घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार खडक रावत पाँच हजारको फरकमा जित्ने निश्चित भएको छ ।

४०० मतको अन्तिम परिणाम आउन बाँकी रहँदा रावत ४९५२ मतले अगाडि छन् । उनले १३ हजार ३५ मत पाउदा एमालेका ममताप्रसाद चौधरीले आठ हजार ८३ मत पाएका छन् । मेयरमै राप्रपाका निरज मल्लले पाँच हजार १४ मत पाएका छन् ।

उपप्रमुखमा पनि गठवन्धनबाट उम्मेदवार भएकी नेपाली काँग्रेसकी गुलियाकुमारी चौधरी ५२५२ मतले अगाडि छिन् । उनले १२ हजार ८८ र एमालेकी करुणा वम बटालले छ हजार ८३६ मत पाएकी छन् । यस्तै राप्रपाकी उपमेयर लक्ष्मीकुमारी चौधरीले तीन हजार ८७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार