१३ बैशाख २०८१, बिहीबार

स्थानीय तह निर्वाचन : डोटीमा फर्कायो काँग्रेसले पुरानो विरासत



धनगढी / डोटी नेपाली काँग्रेस पुरानै किल्ला हो । तर गत स्थानीय तहको चुनाव एमालेले जितेको थियो । एमाले विभाजनले गर्दा यसपटक भने काँग्रेसले सजिलै नौ मध्ये सातपालिका प्रमुख र आठ उपप्रमुख जितेको छ ।

०७४ को स्थानीय तह चुनावमा पाँच पालिकाका प्रमुख र छ उपप्रमुख जितेको एमालेले सजिलै पहिलो पटक जिल्ला समन्वय समिति बनाएको थियो ।

यसपटक भने काँग्रेसले प्रचण्ड बहुमतका सात जिल्ला समन्वय समिति बनाउने भएको छ ।

एमालले अघिल्लो चुनावमा एकलौटी जितेका दिपायल सिलगढी नगरपालिका पूर्विचौकी, आदर्श, सायल गाउँपालिका गुमाएर जोरायल गाउँपालिका मात्र जोगाउन सकेको छ । भने अघिल्लो चुनावमा बोगटान फुडसिलमा एमालेले जितको उपाध्यक्ष पनि काँग्रेसले खोसेको छ ।

बोगटान फुडसिलको अध्यक्ष भने माओवादीले फेरि जोगाएको छ ।

काँग्रेसले एमालेले जितेका दिपायल सिलगढी नगरपालिका पूर्विचौकी, आदर्श, सायल गाउँपालिका मात्र जितेन पहिले आफूले जितेका शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र बडीकेदारलाई पनि जोगाएको छ ।

जोरायलमा एमालेका दुर्गाप्रसाद ओझा अध्यक्ष, जमुना बोहरा र बोगटान फुडसिलमा माओवादीका कमल गडसिला अध्यक्षमा फेरि दोहरिएका छन् ।

काँग्रेसबाट केआइसिंह गाउँपालिका अध्यक्ष भएका लोकेन्द्रबहादुर शाही र उपाध्यक्ष मीनादेवी विष्ट पनि अघिल्लो पटक समेत निर्वाचित भएका थिए ।

हेर्नुस यसपटक कसले कहाँ जिते ।
१ पूर्वीचौकी गाउँपालिका
अध्यक्ष रामप्रसाद उपाध्याय काँग्रेस
उपाध्यक्ष पशुपति खड्का काँग्रेस
२ आदर्श गाउँपालिका
अध्यक्ष गणेशबहादुर खड्का काँग्रेस
उपाध्यक्ष लक्ष्मी धामी काँग्रेस
३ बडीकेदार गाउँपालिका
अध्यक्ष भैरबबहादुर साउद काँग्रेस
उपाध्यक्ष डम्मरीकुमारी विष्ट काँग्रेस
४ सायल गाउँपालिका
अध्यक्ष धर्मराज जोशी काँग्रेस
उपाध्यक्ष निर्मला ओली काँग्रेस
५ दिपायल सिलगढी नगरपालिका
मेयर बाजिसिंह खड्का काँग्रेस
उपमेयर कलावती महर (साँउद) काँग्रेस
६ जोरायल गाउँपालिका
अध्यक्ष दुर्गादत्त ओझा एमाले
उपाध्यक्ष जमुना रोकाया बोहरा एमाले
७ बोगटान फुडसिल गाउँपालिका
अध्यक्ष कमल गडशिला माओवादी
उपाध्यक्ष विष्णा देउवा वम काँग्रेस
८ केआइसिंह गाउँपालिका
अध्यक्ष लोकेन्द्रबहादुर शाही काँग्रेस
उपाध्यक्ष मीनादेवी विष्ट काँग्रेस
९ शिखर नगरपालिका
मेयर दीर्घ बलायर काँग्रेस
उपमेयर सुनिता रावल (जोरा) काँग्रेस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार