२१ असार २०७९, मंगलवार

बाजुराको त्रिवेणीमा फेरि काँग्रेस विजयी




मार्तडी / बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् ।

उनले चार हजार ७६१ मत पाएका छन् । उनका प्रतिद्धन्दी एमालेका मोतिसिंह बुढाले तीन हजार ५ ८६ मत पाए।

उपमेयरमा पनि काँग्रेसकै कमला कुमारी जैशी (न्यौपाने) विजयी भएकी छन् । उनले चार हजार ७४१ मत ल्याएकि छन् भने उनका प्रतिद्धन्दी मावोवादी केन्द्रका मनराजे बुढाले तीन हजार चार मत पाए ।

त्रिवेणीमा ०७४ स्थानीय तह चुनाव पनि काँग्रेसले जितेको थियो । त्यसअघि ०४९ र ०५४ का स्थानीय निकायका चुनावमा पनि हालका त्रिवेणीका तीनै गाविस तोली, छतारा र कैलाशमाण्डौ काँग्रेसले नै जित्ने गरेको थियो ।

बाजुराका नौ मध्ये पाँच तहको नतिजा सार्वजनिक भएको छ जसमध्ये एमालेले तीन पालिका प्रमुख र काँग्रेसले दुई पालिका प्रमुख जितेको छ । उपप्रमुखमा भने काँग्रेसले तीन र एमालेले दुई जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार