बैतडीको दोगडाकेदारका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बैतडी / बैतडीको डोगडाकेदार गाउँपालिकामा एमालेका उम्मेदवार चक्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका कार्की फेरि अध्यक्ष हुन सफल भएका छन् ।
यस्तै उपायक्षमा पनि एमालकै पार्वती कार्की विजयी भएकी छन् । अध्यक्ष कार्कीले चार हजार ९१७ मत पाएका छन् । उपाध्यक्ष कार्कीले चार हजार ७४८ मत पाइन ।
बैतडीका १० पालिकामध्ये अझै पुरचौडी नगरपालिकाको गणना भइरहेको छ । गणना नौ पूरा भएका पालिकामा एमालेले सदरमुकामको दशरथचन्द नगरपालिका सहित चार, काँग्रेसले पाटन नगरपालिकासहित तीन, माओवादीले र एमालेकै स्वतन्त्रले एक पालिका प्रमुख जितेका छन् ।