७ बैशाख २०८१, शुक्रबार

कैलालीको बर्दगोरियामा अध्यक्ष एमालेका कुँवर र उपाध्यक्ष माओवादीका गिरी निर्वाचित




धनगढी / कैलालीको वर्दगोरिया गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार कर्णबहादुर कुँवर निर्वाचित भएका छन् ।

कुँवरले पाँच हजार ८४२ मत पाएर जितेका छन् भने नेपाली काँग्रेसका शेरबहादुर कठरियाले चार हजार १८६ मत पाए ।

उपाध्यक्षमा माओवादीका गणेशराज गिरी चार हजार ५६९ मत पाएर विजयी हुनुभयो । उनका प्रतिद्धन्द्धी इन्दु कठरियाले चार हजार २५५ मत पाए ।

सो पालिकामा काँग्रेस र माओवादीको गठवन्धन भएको थियो ।

कुँवर र गिरी ०७४ को चुनावमा पनि एमाले र माओवादीबाट अध्यक्षका प्रत्यासी थिए । त्यतिवेला काँग्रेसले अध्यक्ष जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार