२१ बैशाख २०८१, शुक्रबार

बाजुराको खप्तड छेडेदहमा एमालेले इतिहास रच्दै अध्यक्ष जित्यो



बाजुरा / नेपाली काँग्रेसको किल्ला मानिएको बाजुराको खप्तड छेडेदह गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको छ । अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकै उम्मेवार विसुदेवी नाथ विजयी भएका छन्।

रावतले तीन हजार ७४७ मत पाए भने कांग्रेका उम्मेदवार खड्कबहादुर बुढा तीन हजार ५५८ मत पाए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी विशुदेवी नाथले तीन हजार ६४२ मत भने उनकी प्रतिद्धन्द्धी एमाले उम्मेदवार मनदेवीकुमारी खड्का (ओली) ले तीन हजार ५९४ मत प्राप्त गरिन्।

सात वडा रहेको सो गाउँपालिकामा कांग्रेसले पाँच एमालेले दुई वडामा जितेको छ।

०४९, ०५४ र ०७४ का तीन स्थानीय चुनावसम्म साविकका गुदुखाती, डोगडी,आटीचौर, काँडा र जयबागेश्वरीमा काँग्रेसले जित्दै आएको थियो ।

खप्तड छेडेदह जस्तै एमालेको गढ स्वामीकार्तिकमा आइतबार नेपाली काँग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार