३० बैशाख २०८१, आईतवार

दार्चुलाको शैल्यशिखरमा एमालेको विजय




दार्चुला / दार्चुलाको शैल्यशिखर नगरपालिकामा मेयर र उपमेयर एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याएर मेयरमा विजयी भए । एमालेका धामीले कांग्रेसका उम्मेदवार अमरसिंह धामीलाई ८४७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन ।

उपप्रमुखमा एमालेका उम्मेदवार शान्ति खडायतले पाँच हजार ६४८ मत ल्याउदै कांग्रेस उम्मेदवार राजमती वम पाललाई एक हजार ७३ मतान्तरले पराजित गरिन ।

नौँ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् ।

शैल्यशिखरको वडा नम्बर ६ मा कांग्रेसका जगदिश धामी निर्वाचित भए । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल (परदेशी), वडा नम्बर ३ मा पदमबहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावति पाण्डे एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

शैल्यशिखर नगरपालिकामा पनि कांग्रेस र माओबादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै जित हासिल गर्नुलाई शैल्यशिखर एमालेले उपलब्धीका रुपमा लिएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनमा शैल्यशिखरमा कांग्रेसले जितेको थियो ।

एमालेले यसअघि सदरमुकाम रहेको महाकाली नगरपालिकाका मेयर र उपमेयर पनि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार