३० बैशाख २०८१, आईतवार

कञ्चनपुरको लालझाडीको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी



महेन्द्रनगर / कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का निर्मल राना विजयी भएका छन् । उनले चार हजार ५१६ मत प्राप्त गरे ।

निकटतम प्रतिद्धन्दी माओवादीका मदनसेन वडायकले दुई हजार ८५८ र नेपाली काँग्रेसका श्रीकष्ण रानाले दुई हजार ४६८ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि एमालेले जित हात पारेको छ । एमालेबाट सपना चौधरीले तीन हजार ५६१ मत ल्याएर निर्वाचित भए ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राधा रानाले तीन हजार ४९३ र माओवादीका सत्यदेवी महराले दुई हजार ७३२ मत प्राप्त गरे ।

६ वडा रहेको लालझाडीमा तीन वडा एमाले, दुई वडा माओवादी र एक वडा काँग्रेसको हातमा परेको छ ।

वडा नम्बर १ मा एमाले प्यारेलाल राना प्यानलसहित, वडा नम्बर २ मा एमालेकै आशाराम राना प्यानसहित, वडा नम्बर ३ मा माओवादी केन्द्रका टिकाराम डँगौरा प्यानलसहित, वडा नम्बर ४ मा माओवादीकै बहादुर राना प्यानलसहित, वडा नम्बर ५ मा एमालेका पहलबहादुर थापा प्यानलसहित र वडा नम्बर ६ मा नेपाली काँग्रेसका हर्कनारायण जोशी प्यानसहित निर्वाचित भएका छन् ।

१४ हजार १६ मतदाता रहेको लालझाडीमा ११ हजार ३३५ मत खसेको थियो । कञ्चनपुरमा लालझाडी गाउँपालिका मतगणना पूरा हुने पहिलो पालिका बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार