२९ बैशाख २०८१, शनिबार

कैलालीको चुरेमा एमालेको खाता खुल्यो १६ भोटले बोगटी विजयी




धनगढी / कैलालीको चुरे गाउँपालिकामा एमालेका चक्रबहादुर बोगटी १६ भोटको झिनो मतान्तरले विजयी भएका छन् । उनले एकीकृत समाजवादीका लोकबहादुर सारुमगरलाई हराएका हुन ।

चुरेमा काँग्रेस, माओवादी र समाजवादी गठवन्धन थियो । तर काँग्रेसले सहयोग नगरेको कारण आफ्नो उम्मेदवार पराजीत भएको एकीकृत समाजवादीका जिल्ला उपसचिव दीर्घ जोशीले बताए ।

सो पालिकामा वडा नम्बर ४ एमाले कब्जा गरेको र माओवादीका टेकबहादुर रजवारको अध्यक्षमा उम्मेदवारी रहेको कारण पनि समाजवादीले पराजय भोग्नु परेको जोशीले बताए ।

उपाध्ययक्षमा भने गठवन्धनकै काँग्रेस उम्मेदवार धनाादेवी थापा ठूलो मतान्तरले विजयी भएकी छन् । थापासंग हालकी उपाध्यक्ष तथा एमाले उम्मेदवार दीपादेवी साउद पराजीत भएकी छन् ।

चुरे ०७४ मा पनि एमालेले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार