२९ बैशाख २०८१, शनिबार

डडेल्धुरामा माओवादीको खाता खुल्यो आलितालमा पार्की र रावल विजयी



डडेल्धुरा / डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीका उम्मेदवारले जितेका छन् ।

अध्यक्षमा शेरसिंह पार्कीले दुई हजार ३८९ मत पाएर जितेका छनु । उनका प्रतिद्वन्द्वी वलबहादुर गुरुङले दुई २२४ मत पाए।

उपाध्यक्ष विजयी मैनाकुमारी रावलले दुई हजार ६०२ मत प्राप्त गरिन्। कांग्रेसकी जलाकुमारी बोगटीले दुई हजार २४१ मत ल्याइन्।

यस्तै, एमालेबाट अध्यक्ष पदका उम्मेदवार मीनबहादुर बोगटीले एक हजार ४५९, नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ६०१, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै पालिका अध्यक्षमा गुरुङ जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार