२५ मंसिर २०८१, मंगलवार

बाजुराका २१, बझाङका सात र अछामका चार र कञ्चनपुरको एक केन्द्रमा फेरि चुनाव हुने



धनगढी / सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ ।

फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलोटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो ।

तर शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयहरु आक्रोशित छन् ।

बाजुरको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ । सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान स्थगित भएको थियो । बाजुरामा चुनावको नयाँ मिति तोकिएको छैन ।

बझाङको जयपृथ्वी नगरपालिका सुनिपिपल चौर माविका दुई केन्द्रमा भने आज चुनाव हुँदैछ ।

यस्तै बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र आधावगर माविका दुई केन्द्रमा भोली मतदान हुने भएको छ । यस्तै बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्रमा पनि भोली मतदान हुने भएको निर्वाचन आयोगको इबुलेटिनमा उल्लेख छ ।

कञ्चनपुरको पुनर्बास नगरपालिका विजय मावि, भीम विकासबस्तीको् एक केन्द्र, अछामको साँफेबगर नगरपालिका राष्ट्रिय मावि, बावला दुई र अछामकै पञ्चदेवलविनायक नगरपालिका नवज्योति माविका दुई केन्द्रको मिति पनि तोकिएको छैन ।

यी हुन फेरि चुनाव हुने स्थान

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार