१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा एमाले १२, काँग्रेस ११ समाजवादी दुई र काँग्रेस विपी १ वडामा विजयी




धनगढी / सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये २६ वडाको परिणाम आएको छ । परिणाम अनुसार काँग्रेस ११ र एमालेका १२ , एकीकृत समाजवादीका दुई र काँग्रेस (विपी) का एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।

डोटीमा तीनवटा वडामा नेकपा (एमाले) र एक वडामा नेपाली काँग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् ।

बोगटानफुड्सिल गाउँपालिका –१ मा नेकपा (एमाले) को तर्फबाट खेमबहादुर घर्तीमगर जोरायल गाउँपालिका –१ बाट जगतबहादुर मल्ल, बडीकेदार गाउँपालिका –५ बाट पदमसिंह बोहरा र नेपाली कांग्रेसका तर्फबाट आदर्श गाउँपालिका –७ मा लालबहादुर विष्ट निर्वाचित भएका छन् ।

डडेल्धुराको अमरगढीको वडा नम्बर १ मा नेपाली काँग्रेसका लोकबहादुर ऐर र गन्यापधुरा‐१ मा नेपाली काँग्रेस विपीका नरेश भण्डारी विजयी भएका छन् । गन्यापधुराका अरु चार वडामा भने काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २ मा मनोज देउवा, वडा नम्बर ३ मा चक्र देउवा, वडा नम्बर –४ मा नरेन्द्र भट्ट, वडा नम्बर ५ मा काँग्रेसका चन्द्रप्रकाश रोस्यारा निर्वाचित भएका छन् ।

कैलालीको कैलारी गाउँपालिका –१ मा काँग्रेसकै ध्वजहरिपाल बोहरा विजयी भएका छन् ।

बझांगको खप्तडछान्ना गाउँपालिका –१ मा नेकपा (एकीकृत समाजवादी) का देवीभक्त जोशी भएका छन् । यस्तै वझाङकै थलारा गाउँपालिका –९ मा समाजवादीकै लोकेन्द्र विष्ट विजयी भएका छन् ।

वझाङमै साइपाल गाउँपालिका –१ मा एमालेका नरेन्द्र धामी वडाअध्यक्षमा निर्वाचित हुनु भएको छ । बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले कांग्रेसका मानबहादुर बोहरा विजयी भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका –९ मा काँग्रेसका गजेन्द्रसिंह कार्की विजयी भएका छन् । लेकम गाउँपालिका ‐१ मा एमाले उम्मेदवार नवराज पन्तको प्यानलै विजयी भएको छ । महाकाली नगरपालिका ‐१ मा एमालेका मोहनसिंह महरा विजयी हुनु भएको छ । यस्तै व्यास गाउँपालिका ‐१ एमालेकै अशोकसिंह बोहरा विजयी भएका छन् ।

यस्तै गरेर मालिकार्जुन वडा नम्बर १ र २ मा क्रमश एमालेका रमेशसिंह बोहरा र गणेशसिंह धामी विजयी एका छन् । मार्मा वडा नम्बर १ मा पनि एमालेका सन्तोषसिंह कोट्टारी विजयी भएका छन् ।

वैतडीको दशरथचन्द्र नगरपालिका –१ को वडाअध्यक्षमा एमालेका विष्णुदत्त भट्ट विजयी हुनु भएको छ । वैतडीको सिगास गाउँपालिका ‐१ काँग्रेसका रामचन्द्र ऐरी वडाअध्यक्षमा विजयी भएका छन् ।

बाजुराको खप्तडछान्ना गाउँपा लिका ‐१ मा काँग्रेसका वीरबहादुर रावल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार