घोडाघोडीमा गठवन्धनका रावतको अग्रता

सुखड / कैलालीको घोडाघोडी नगरपालिकामा गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार खडक रावतले सुरुवाती अग्रता लिएका छन् ।
रावतले २०० मत गन्दा ७६ मत पाएका छन् । भने एमालेका ममताप्रसाद चौधरी ४१ मतका साथ दोस्रो स्थानमा छन् ।
यस्तै राप्रपाका निरज मल्ल ३० मत पाएका छन्।
यस्तै उपमेयरमा समेत गठवन्धनकै कांग्रेस नेत्री गुलिया चौधरीले ६७ मतका साथ अगाडि छन् । एमालेकी करुणा बम बटालाले ४१ मत पाएकी छन् ।
५२ हजार ४० मतदाता रहेको घोडाघोडीमा ३३ हजार ६४९ मत खसेको छ ।