माओवादी किल्ला भजनीमा एमाले अगाडि, रेशमको पार्टी जित्ने सम्भावना
भजनी / भजनी नगरपालिका वडा नम्बर ९ मा एमालेका मेयर, उपमेयर सहितका सबै उम्मेदवार अगाडि देखिएका छन् ।
एमालेलाई रेशम चौधरीकी श्रीमति अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले २१० मत पाएको छ ।
भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई काँग्रेस र एकीकृत समाजवादीको पनि समर्थन छ ।
वडा नम्बर ९ मा २९२८ मत खसेको छ तीमध्ये अहिले प्यानल मत मात्र गणना गरिएको हो । अव क्रस मत गणना हुने बताइएको छ ।
सो वडामा अघिल्लो चुनावमा माओवादीले झण्डै एकलौटी जस्तो मत पाएको थियो ।
भजनीमा नागरिक उन्मुक्ती पार्टीले केवल चौधरीलाई मेयर र राजू तिरुवालाई उपमेयर उठाएको छ । यस्तै एमालेले हर्कबहादुर बुढालाई मेयर र तुलसी चौधरीलाई उपमेयर उठाएको छ ।
गठवन्धनले माओवादीका शेरबहादुर चौधरीलाई मेयर र काँग्रेसका गोकेन्द्र भण्डारीलाई उपमेयर उठाएको छ ।