११ जेष्ठ २०७९, बुधबार

डडेल्धुराको अमरगढीमा काँग्रेस र परशुराममा माओवादीको अग्रता



डडेल्धुरा / डडेल्धुराको अमरगढी नगरपालिका डडेल्धुरामा नेपाली काग्रेसले नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित प्यानलले नै अग्रता लिएको छ ।

अमरगढी नगरपालिका – १ को ७०५ मत गणना हुँदासम्म नगरप्रमुखमा नेपाली काग्रेस ३२०, नेपाली काग्रेस विपी २८४, नेकपा माओवादी केन्द्र ९, नेकपा एकिकृत समाजवादीले ७ मत पाएको छ ।

अमरगढी नगरपालिकामा नेपाली काग्रेस र नेपाली कांग्रेस (विपी) बिच प्रतिस्पर्धा रहेको छ । भने एमाले पनि विपीलाई सघाएको छ ।

ययैगरी परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । परशुराम नगरपालिका – १ को मतगणनामा नेकपा माओवादी केन्द्रको नगरप्रमुखमा ४५३, नेपाली काग्रेस ४२६ र नेकपा एमाले २३० मत आफ्नो पक्षमा पार्न सफल भएको छ ।

डडेल्धुराका स्थानीय तहमा अजयमेरु गाउँपालिका बाहेक ६ वटा स्थानीय तहमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंज्ञानीले बताए

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार