११ जेष्ठ २०७९, बुधबार

टीकापुरमा रेशमको ढकिया अगाडि




धनगढी / टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टी अगाडि देखिएको छ ।

१०० मतको गणना हुँदा मेयरमा ढकियाले ३४, एमालेले १८ र गठवन्धन रुखले १६ मत पाएको छ ।

यस्तै उपप्रमुखका उपमेयरमा ढकियाले ३३, एमालेले ९ र गठवन्धनको हसिया हतौडाले १३ मत पाएको छ ।

टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीले मेयरमा रामलाल डगौरा थारु र उपमेयरमा उल्कादेवी विश्वकर्मालाई उठाएको छ ।

यस्तै एमालेले श्याम खत्री मेयर र उपमादेवी केसीलाई उपमेयर उठाएको छ । गठवन्धनले काँग्रेसका नवराज रावललाई मेयर र माओवादीका खड्क शाहलाई उपमेयर उठाएको छ ।

५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार