१४ बैशाख २०८१, शुक्रबार

बझांगको खप्तड छान्ना गाउँपालिका १ मा समाजवादीका जोशी वडा अध्यक्षमा विजयी



धनगढी / बझांगको खप्तडछान्ना गाउँपालिका १ मा नेकपा (एकीकृत समाजवादी) का देवीभक्त जोशी विजयी भएका छन् ।
उनी एमालेका सुरेश खत्रीलाई पराजीत गर्दे विजयी भएका हुन । जोशीले ४४० र खत्रीले २३८ मत पाएका छन् ।

सो पालिकामा अध्यक्ष र उपाध्यक्षमा पनि एमालेका उम्मेदवार पछाडि छन् । अध्यक्ष पदमा काँग्रेसका उत्तम रोकायाले ४०४ र एमालेको लोकेन्द्र सिंहले २६१ मत पाए । यस्तै उपाध्यक्षमा गठवन्धनका विण्णु थापाले ३५९ र एमालेका देवकी जोशीले २६० मत पाएका छन् ।

सो पालिकामा काँग्रेस, माओवादी र समाजवादीको गठवन्धन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार