प्रधानमन्त्री देउवाले भने केपीजीले मतदान गर्नुभयो होला नि

डडेल्धुरा/ प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफूले मतदान गरेपछि भने ओलीजी ( एमाले अध्यक्ष) ले पनि मतदान गर्नुभयो होला नि भनेर प्रश्न गरेका छन् ।
उनले भने स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइएको थियो तर आज देशभर निर्वाचन भइरहेको छ ।
देउवाले डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन ।
शुक्रबार विहान धनगढीबाट हेलिकोप्टरमा गएर देउवाले डडेल्धुरामा गरेका हुन ।