१६ चैत्र २०८०, शुक्रबार

आरजूप्रति भीम रावलको कटाक्ष : ‘राणा शासन ढलिगयो, तमि दिल्ली जाओ’



धनगढी / नेकपा एमालेमा नेता भीम रावलले प्रधानमन्त्री पत्नी आरजु राणाका अभिव्यक्तिलाई कटाक्ष गरेका छन्। मंगलबार गृह जिल्ला अछाममा एक चुनानी सभालाई सम्बोधन गर्दै नेता रावलले देशमा राणा शासन अन्त्य भएको भन्दै लोकतन्त्रका कसैको धाकधम्की नचल्ने बताएका हुन्।

केही दिनअघि आरजुले डडेल्धुराको चुनावी सभा सम्बोधनका क्रममा दिएका अभिव्यक्तिलाई कटाक्ष गरेका हुन्। नेता रावलले भने, “प्रधानमन्त्री शेर बहादुर देउवापत्नी आरजु राणाज्यु तम्रो थर राणा भयापन, राणा शासन ढलिसक्यो तमि दिल्ली जाओ।’

रावलले राणा शासनमा जनताले पाएको दुःख स्मरण गर्दै प्रश्न गरे, “हामीले ७० बर्षअघि ढालेको राणा शासन आरजु राणा देउवालाई अझै पनि छँदैछ भन्ने सोच्नु भाएको छ कि क्या हो ? यो बजेट नेपाली जनताको राजस्व हो, कर नेपाली जनताको नाममा आएको रकम हो कसैले रोकेर रोक्छु भन्छ भने त्यो ठग हो।”

ठगी धन्दा लोकतन्त्रकमा नचल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार