१० श्रावण २०८१, बिहीबार

साँफेबगर नगरपालिकामा एमालेका यस्ता छन एजेण्डा



धनगढी / साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले शैक्षिक क्षेत्रको बिकासकालागि गुरु योजना बनाएर अघि बढ्ने बताएकी छन ।

उनले नगरपालिकामा रहेका शिक्षकहरुको सहकार्य र सुझावको आधारमा गुरु योजना निर्माण गरि शैक्षिक क्षेत्रमा सुधार गरिने बताइन । साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा भएको चुनावी सभामा बोल्दै उनले समाजमा हुने विभिन्न लैंगिक हिंसा विरुद्ध विषेश अभियान चलाई लैंगिक हिसाको अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने बताइन ।

वाम गठबन्धनको तर्फबाट नगर पालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंसा मुक्त नगरपालिका बनाउने योजना रहेको भन्दै लैगिंक विभेदमा शून्य सहनशिलताको नीति अवलम्बन गरिने बताइन् । चुनावी सभामा कुँवरले हरेक क्षेत्रको विकासकालागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको धारणा राखिन ।

पर्यटन शिक्षा स्वास्थ्यको विकासका लागि आफूसँग ठोस योजना रहेको भन्दै कुवँरले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गरेर जनताको आयस्तर उकास्ने बताइन। उनले एक वडा एक खेल मैदान निर्माण, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसँग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम सञ्चालन गरिने बताए ।

आयोजनासँगको समन्वय र सहकार्यमा वस्तीविकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरिने उनले बताइन। उनले नगरपालिकामा महिला यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंगबहादुर ठकुन्नाले वाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरिसकेपछि लक्षित वर्गका मागलाई प्राथमिकतामा राखिने बताए ।

उनले नगरपालिकामा रहेका विपन्न र लक्षित वर्गका मागलाई विषेश सम्बोधन गरिने बताए । उनले जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरिने बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताए । उनले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताए ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र कोलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार