१० श्रावण २०८१, बिहीबार

कमला वोहरा भन्छिन,–शिक्षा, स्वास्थ्य र रोजगार प्रमुख एजेण्डा




बेलौरी/ नेकपा (एमाले) ले स्थानीय तहमा प्रमुख पदमा उम्मेदवार बनाएको २७ मध्ये कमला वोहरा कन्चनपुरको बेलौरी नगरपालिकाबाट मेयरको उम्मेदवार बनेकी छन् ।

सानैदेखि विद्यार्थी राजनीतिकमा सक्रिय कमला वोहराको क्षमता, योग्यता र बिजयको आधारमा नै पार्टीले मेयर पदमा उम्मेदवार बनाएको हो ।

विद्यार्थीको केन्द्रीय राजनीतिकबाट विदा लिएर कन्चनपुरमा नै राजनीतिक गर्न थालेकी वोहरालाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर बनेर नगरको मुहार फेर्न तयारीमा रहेकी छन् ।

सुदुरपश्चिम प्रदेशकी उदाउँदो युवा नेतृको रुपमा रहेकी कमला वोहरा मेयरमा बनेर पिछडिएको नगरलाई समृद्धको वाटोमा डो¥याउन चाहन्छिन् ।

सत्तागठबन्धन नभएको वेलौरीमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन भने रहेको छ भने कांग्रेस पनि एक्लै चुनावी मैदानमा रहेको छ ।

मेयरकी उम्मेदवार वोहराका निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारी प्रमुख एजेण्डा रहेको छ ।

“मेयर एक राजनीतिककर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक हुनुपर्दछ । त्यो गुण ममा रहेकोले मेयर बन्न थालेको हुँ” उनी भन्छिन् ।

जिल्ला सदरमुकाम यही वेलौरी नगरपालिकाको वेलौरी वजार रहेको थियो । त्यही पुरानो सदरमुकाम बेलौरीको मेयर भएर यहाँका महिला, दलित, पिछडिएको वर्ग, थारु, गरीबको जीवनमा परिवर्तन ल्याउने योजना उनको रहेको छ ।

जनता वहुमुखी क्याम्पसको स्ववियु सभापति समेत रहेकी कमला अव सिंहदरवारको अधिकारलाई गाउँमा व्यहारिक प्रयोग गर्न ठाउँमा पुग्न तयारीमा रहेकी छन् ।

एमालेबाट बेलौरी नगरको उपमेयरमा थारु अगुवा जोगराम चौधरी उठेका छन् । थारु समुदायमा राम्रो छवि बनाएका चौधरी आफू जित्ने बताउँछन ।

२०१९ सालपछि कञ्चनपुरको सदरमुकाम यहाँबाट महेन्द्रनगर सरेको देखिन्छ । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडिएको, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्रको विकासका लागि वोहरा जस्ता कर्मठ, योग्य नेतृत्वका खाँचो चाहिएको छ । हो त्यही खाँचो यसपटक पुरा गर्नका लागि आफू नगरको मेयर बन्न थालेको उनी बताउँछिन ।

“ म बेलौरीका पहिचान दिनका लागि मेयर पदमा उम्मेदवारी दिएको छु, ” उनले भनिन् “ एउटा महिला भएको नाताले नगरका सवैले भोट हालेर मलाई बिजय गराउनुहुने छ ।”

अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक गरेकी उनी झण्डै १२ बर्ष अखिलमा काम गरिन् । अखिलमा हुँदा नै एक पटक केन्द्रीय सदस्य र दुई पटक सचिवालय सदस्यमा सर्वाधिक मत लिएर निर्वाचित भइन् । अखिल हुँदा नि उनी कन्चनपुरको विकास निर्माणमा त्यतिकै खटिन् । अखिलबाट विदा भएपछि उनी कन्चनपुर एमाले पार्टीमा जोडिन पुगिन् ।

शुरुमा कन्चनपुर एमालेको जिल्लाको जिल्ला सचिवाल हुँदै तत्कालिन नेकपा (माओवादी केन्द्र) संग पार्टी एकता भएपछि वोहरालाई प्रदेश कमिटी सदस्य भइन् । प्रदेश कमिटीमा हुँदै उनी अहिले एमालेको चितवनमा भएको दशौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी अहिले कन्चनपुरका जिल्लाको पार्टी सहइन्चार्ज पनि हुन् ।

कमलाले कानून र राजनीतिकशास्त्र स्नातकोत्तर गरेकी छन् ।

बेलौरी नगर राणाकाल र पछिल्लो झण्डै डेढ दशक गरी १०३ बर्ष सम्म सदरमुकाम रहेको थियो । विस २०१९ सालमा जिल्ला सदरमुकाम , घुसुडी बजार (हालको महेन्द्रनगर) सरेपछि सो बजार ओझेलमा परेको थियो । सोही ओझेलमा परेको बेलौरी बजारलाई पुन आधुनिक बजार बनाउने योजनाका साथ उनी अहिले मेयर बन्ने दाउमा रहेकी छन् ।

ओझेलमा परेको बेलौरीलाई सरकारले ५२ बर्षपछि २०७१ बैशाख २५ मा साविक श्रीपुर, रामपुर विलासिपुर र लक्ष्मीपुर गाविस समाहित गरि बेलौरी बजारलाई केन्द्र मानी नगरपालिका घोषणा गरेका थियो ।

त्यतिवेला स्वच्छ, सफा र समृह बन्दै नमुना बस्ती र शहरको नगरपालिका बेलौरीलाई ‘मोडेल रेसिडेन्सी र आधुनिक शहरको नगरपालिका’ भन्ने नाराका साथ अगाडि बढने अठोट लिइएको छ । सोही अठोट पूरा गर्नका लागि उनले स्मार्टसिटी र मोडल बजारका रुपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार