४ पुष २०८२, शुक्रबार

चुनावी दौडाहामा आरजु



धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले आफनो निर्वाचन क्षेत्रमा सक्रियता बढाएकी छिन् ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेतृ आरजुले सक्रियता बढाएकी हुन ।

एक हप्ता अघि राजधानीबाट धनगढी पुगेकी नेतृ आरजुले सुदूरपश्चिम प्रदेशको कैलाली, डडेल्धुराका विभिन्न चुनावी सभालाई सम्बोधन गरेकी थिइन ।

शनिबारदेखि उनी धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नृपबहादुर वड र उपप्रमुखसहित वडा अध्यक्षका लागि मत माग्दै विभिन्न वडामा चुनावी सभामा सम्बोधन गरिरहेकी छिन् ।

आइतबार नेतृ आरजुले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४ र ६ नम्बर वडाको चुनावी सभामा सम्बोधन गरेकी थिइन । वडा नम्बर १ को सभालाई सम्बोधन गर्दै उनले वडा र उपमहानगरपालिकाको बजेटले मात्र विकासका ठुला योजना अघि बढाउन नसक्ने बताइन ।

उनले भनिन– ठुला योजनाहरू अघि बढाउन केन्द्र र प्रदेशको बजेट पनि आवश्यक रहन्छ ।’ उनले जनताको तटबन्धन, सघन शहरी आयोजनासंगै अन्य ठूला योजना आएमात्र धनगढी उपमहानगरपालिकाले विकासमा फड्को मार्ने बताइन ।

उनले पाँच वर्षअघि धनगढीका केही वडामा सडक कालोपत्रे नभएको स्मरण गर्दै भनिन– अहिले सडक राम्रा–राम्रा बनेको मैले देखे ।’ उनले स्थानीय तहको सरकार घर नजिकैको सरकार रहेको बताइन ।

वडा नम्बर ३ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले केन्द्रबाट ठुृलो योजनाहरूमा बजेट विनियोजन गराउन सक्ने सवल नेतृत्वलाई स्थानीय तहमा निर्वाचित गराउनुपर्ने बताइन ।

उनले भनिन –‘अहिलेका उम्मेदवार नृपबहादुर वडले हरेक वडा तथा टोलका समस्या बुझेका छन् । ती समाधान गर्ने योजना पनि उहा“ योग्य पनि छन् ।’ उनले दुई तिहाईको ओली सरकारले काम गर्न नसकेको बताइन । उनले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेपछि पार्टीभित्रै फुटमा पुगेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार