१२ बैशाख २०८१, बुधबार

माधव नेपाललाई माकुने भनेका ओलीले भने माकुने गुटमा नअल्झिनुस



बौनियाको सभामा ओलीले भने रेशमलाई जेल हाल्नुको कुनै कारण छैन


धनगढी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशमला चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा बिहीबार चुनावी सभामा अध्यक्ष ओलीले सरकारले हुदै नभएको मुद्दा लगाएर रेशमलालसहित थारु नेताहरूलाई जेलमा थुनेको दाबी गरे ।

‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरू अहिले पनि जेलमा छन््” उनले भने– तर, रेशम र थारु नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन । सरकारले हुदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको छ ।

उनले टीकापुर घटनाका बेला घटनास्थलमा हुदै नभएका रेशममाथि मुद्दा लगाएर जेल हाल्नु गलत भएको दाबी गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारीणि सभासँग छ बुँदे सहमति भएको बताए । उनले भने– मेरो नेतृत्वमा रहेको सरकारले थारु समुदायका समस्या समाधानका लागि सहमति गरेको थियो ।

उनले भने– मैले सहमति गरेको थिए, तर मेरो सरकार रहेन । अहिलेको सरकारले सहमतिको प्रयास नै गरेन । उल्टै थुनेर राखेको छ ।

अध्यक्ष ओलीले रोइकराई गरेपछि भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बोल्न पाएको व्यंग गरे । उनले भने, नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गरिरहेको छ । म प्रचण्ड र माधवजीलाई बधाई दिन चाहन्छु– उनीहरू आफैं सभा गर्न नसक्ने भएपछि कांग्रेसको पछि लागेका छन्।

रमाइलो पारामा उनले भने– हिजो बेलुकादेखि प्रचण्ड र माधवले बालुवाटारमा रुवावासी गरेपछि बल्ल भरतपुरमा बोल्न पाए ।
उनले थपे– प्रचण्डले मेरी छोरी उम्मेदवार भए पछि मैले बोल्न पनि नपाउने भनेछन् । नेपाली कांग्रेसले पनि प्रचण्ड र माधव दुवैलाई बोल्न दिने भएछ । उहाँहरूलाई बधाई छ ।

उनले “अपमान भयो भनेर हिँडेका माधव नेपाल अहिले मञ्चमा आसन ग्रहण गर्न नपाएर तल बस्ने स्थिति आएकोे टिप्पणी गरे ।
उनले भने नेकपामा हुदा प्रचण्ड शेर जस्तो हुनुहुन्थ्यो । अहिले भिजेको बिरालो होइन मुसो जस्तो भइसक्नुभयो ।

ओलीले पाँच दलीय गठबन्धन देश बनाउन नभइ बाँडचुँड गरि खानका लागि मात्रै बनेको टिप्पणी गरे ।

गठबन्धनको नाम भनेको कुनै गन्तव्य नभएको, उदेश्य नभएको, बाटो नै नभएको सरकारमा पुग्ने र पुगेपछि आफ्ना मानिसलाई उद्दार गर्ने, व्यवस्थापन गर्ने नातागोताको व्यवस्थापन गर्नका लागि मात्रै हो, ओलीले भने, यो सरकारलाई बिदाइ गर्ने सन्देश अहिलेको निर्वाचनबाट दिनुपर्छ ।

उनले बैशाख ३० गतेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभइ धेरै कुरालाई टुंगो लगाउने र दिशानिर्देश गर्ने निर्वाचन भएको बताए ।

देशको अहिलेको आवश्यकता स्थिरता र स्थायित्व हो, उनले भने, यो अवस्थामा मुलुक बनाउने पार्टी एमालेले जित्नुपर्छ की अस्थिरता ल्याउनेले जित्ने भन्ने फैसला जनताले गर्नुपर्छ ।

ओलीले धनगढीमा आयोजित सभामा परमादेशीहरुलाई चुनावको माध्यामबाट हटाउने हो , स्थानीय तहको चुनावबाट परमादेशीलाई जवाफ दिइने बताए । उनले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट फाइनल जवाफ दिने पनि बताए ।

उनले धनगढी सहितका वरपरका सबै पालिकामा एमालेलाई जिताउन आग्रह गरे ।

एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्ने माधव नेपाललाई धनगढीको सभा हेर्न पनि आग्रह गरे । वैशाख ३० गतेपछि कसलाई टर्च बालेर खोज्नुपर्छ त्यो जनताले फैसला गर्ने बताए ।

उनले माकुने गुटमा नअल्झिन समेत आग्रह गरे साथीभाइ अनेक कारण लागेकाहरु फर्किनुस उनले आग्रह गरे ।

ओलीले विहीबार कञ्चनपुरको बैलोरीमा पनि सम्वोधन गरेका थिए ।

जब माइक विग्रयो र सर्प देखियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा माइकको व्यवस्था राम्रो नभएको गुनासो गरेका छन् ।

माइकले साथ नदिएपछि आफ्नो सम्बोधनलाई छोट्याएका ओलीले भने, माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ ।

सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए । उनले भोट दिने तरिका सिकाइरहँदा सभास्थलमा सर्प निस्किएपछि केहीबेर हो–हल्ला भयो । भाषण गरिरहेका ओलीले होहल्लालाई एमालेको पक्षमा नाराबाजी भएको सम्झिए । उनले भने, मैले बोलिसकेपछि नारा लगाउनु न साथी हो ।

तर, मञ्चमै रहेका एमालेका स्थानीय नेता–कार्यकर्ताले सर्प आएको हो भनेपछि ओलीले आफ्नो सम्बोधन केहीबेर रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार